Image

सरकारमा जाने बारेमा राजपामा चर्कियो विवाद

काठमाडौँ, संविधान संशोधनको सुनिश्चिता विना सरकारमा सहभागी हुन खोजेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा)मा विवाद सृजना भएको छ ।

लामो समयदेखि संविधान संशोधनका लागि संघर्ष गरेको तर त्यही विषयको सुनिश्चितता नभई सरकारमा सहभागी हुन नहुने भन्दै राजपा भित्रका धेरै नेताहरु सरकारमा सहभागीताको विपक्षमा उभिएका छन् ।

संविधान संशोधनकै लागि केही व्यक्ति सहिद भएको, सयौं घाइते भएको र पछिल्लो निर्वाचनमा पनि त्यसैका लागि जनताले मत दिएकाले संशोधनको सूनिश्चीतता विना सरकारमा जान नहुने मत राजपामा बढ्दै गएको छ ।

पर्सा चारबाट निर्वाचित राजपा सांसद समेत रहनु भएका लक्ष्मणलाल कर्णले भन्नुभयो, संविधान संशोधनकै लागि हामीले मत प्राप्त गरेको हो, त्यसैले हामीले संविधान संशोधन भई सरकारमा जानु हुदैन ।

उहाँले संविधान संशोधनको माग गर्दा कैयौं सहिद भएको र कैयौं घाइते भएकाले उनीहरुको सपना पुरा नगरी सरकारमा गएर मोज गर्न नहुने तर्क गर्नुभयो ।

उहाँले संविधान संशोधन र मधेश आन्दोलनमा सहभागीका मुद्धा फिर्ता नभई सरकार गए जनता माथी कुठाराघात हुने पनि बताउनु भयो ।

एमाले र माओवादी केन्द्रको गठबन्धनले आफ्ना मागहरु पुरा गर्ने संभावना नदेखिएकाले अहिले सरकारमा सहभागी हुने वातावरण नभएको कर्णको भनाई छ ।

सरकारलाई समर्थन गर्नु र सरकारमा सहभागी हुनु फरक हो भन्दै उहाँले सरकारलाई समर्थन गर्न सकिने तर सहभागी हुन नसकिने स्पष्ट पार्नु भयो ।

भिडियो हेर्नुहोस् :

  • २७ फाल्गुन २०७४, आईतवार ०९:३२
  • 3094 Views

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने