धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिन सांसदहरुको माग

  • ३० जेष्ठ २०७६, बिहीबार १८:१२
  • 585 Views
Radin NRN

काठमाडौं । सांसदहरुले गुठी विधेयक धर्म संस्कृति विरोधी भएकाले फिर्ता लिन माग गरेका छन् । प्रतिनिधीसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिनु पर्ने माग गरेका हुन् ।

बैठक सुरु हुना साथ नेपाली कांग्रेस र राजपाका सांसदले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काँग्रेस सांसद भीमसेनदास प्रधानलाई बोल्ने समय दिनु भयो । बैठकमा बोल्दै सासंद प्रधानले प्रधानमन्त्रीले हालै आइएलओको सम्मेलनमा भाग लिएको बताउदै सन् १९९१ मा सङ्गठनको सम्मेलनले गुठीको संरक्षण गरिनुपर्ने व्यवस्था पारित गरेको स्मरण गराउँदै गुठी विधेयक तत्काल फिर्ता लिन माग गर्नु भयो ।

सांसद प्रधानले काठमाडौँवासी आन्दोलनमा उत्रिएपछि कसैले रोक्न नसक्ने, र सरकार ढल्ने चिन्ता नभएपनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र खतरामा पन सक्ने उल्लेख गर्नुभयो । यस्तै बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले सांसदहरुले अब संसदमा आवाज उठाइरहनुको अर्थ नरहेको टिप्पणी गरेका छन् ।

बैठकमा सांसद कर्णले संसदीय समितिले दिएको निर्देशन लोकसेवा आयोगले नमान्ने हो भने यो संसदमा अब किन आवाज उठाउने भन्ने प्रश्न गर्नु भयो । संसदीय समितिले दिएको निर्देशन सरकारले मान्दिन भनिरहेको, मन्त्रीले पनि मान्दिन भनिरहेको अवस्थामा लोकसेवा आयोगले पनि मान्दिन भनेको उल्लेख गर्दै सांसद कर्णले ‘संसदको निर्देशन सरकारले नमान्ने, योभन्दा ठूलो उपहास संसदको नहुने बताउनु भयो ।

यता नेकपाका सांसद योगेश भट्टराईले मन्त्रीहरुले आफू खुसी बजेट विनियोजन गरेको भन्दै आलोचना गर्नु भएको छ ।  उहाले आफ्नै निर्वाचन क्षेत्र र आफूलाई लागेका कुरामा विनियोजन गरिएको भन्दै संविधानको धारा ७६ को १० नम्बर बुँदा स्मरण गराउनु भयो । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६–०७७ का लागि प्रस्तुत बजेटको विनियोजन शिर्षकमाथि छलफल गर्ने क्रममा उहाले मन्त्रीहरुको आलोचना गर्नु भएको हो ।

Avatar

Next Story