सरकारले भारतसँग युरिया र डिएपी मल खरिद गर्ने प्रस्तावलाई स्वीकृति दिने

  • ३० जेष्ठ २०७६, बिहीबार १८:१०
  • 468 Views
Radin NRN

काठमाडौं । सरकारले भारतसँग युरिया र डिएपी मल खरिद गर्ने प्रस्तावलाई स्वीकृति दिने भएको छ ।  गत सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो बताउनुभएको हो ।

यस्तै सरकारले इन्टरनेटको मूल्य समायोजन गर्ने व्यवस्था गरेको छ । इन्टरनेटको मूल्य समायोजनका लागि राउटर लगायतका उपकरणमा छुट दिने निर्णय गरिएको हो । यस्तै बैठकले प्रधानमन्त्री प्रतिभा पुरस्कार कोषको कार्यविधि संशोधन गर्ने निर्णयसमेत गरेको छ ।
साथै यो पुरस्कार अब प्रत्येक वर्ष जेठ १ गते प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । त्यसैगरी केही सिक्का र टकमारी प्रचलनमा ल्याउने निर्णय पनि गरेको छ ।  सरकारले सत्यमोहन जोशीको जन्मोत्सव र गुरु नानकका सिक्का ल्याउन अनुमति दिएको छ । बैठकले चार देशका लागि नयाँ राजदूत नियुक्तिको सिफारिस गरेको छ ।

बंगलादेशका लागि डाक्टर वंशीधर मिश्र, अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा र कतारका लागि नारद भारद्वाजलाई राजदूतमा सिफारिस गरेको हो ।

सिफारिस भएका दाहाल, मिश्र र भारद्वाज नेकपा निकट हुन् । शेर्पा केही महिनाअघि पाथीभरामा हेलिकोप्टर दुर्घटनामा दिवंगत आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

Avatar

Next Story