प्रधानमन्त्री ओलीले आज फ्रान्सका समकक्षीलाई भेट्ने, तीन दिन फ्रान्समै भुल्ने

  • ३० जेष्ठ २०७६, बिहीबार ०९:५५
  • 624 Views


radionrn

युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फ्रान्सका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटघाट गर्नुहुने भएको छ ।

बेलायतको तिन दिने बसाईपछि हिजो फ्रान्स पुग्नु भएका प्रधानमन्त्रीले फ्रान्समा पनि तीन दिन सम्म सामान्य भेटघाटहरु गर्नुहुने तालिका रहेको छ ।

ओली फ्रान्स र बेलायतबीच समुद्रमुनि अवस्थित युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स जानु भएको हो ।

फ्रान्समा उहाँले आउदो शनिबार युरोपस्थित नेपाली राजदूतहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एक साता भन्दा लामो भ्रमणका लागि युरोप जानु भएका प्रधानमन्त्री ओली आउदो आइतबार मात्रै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

झन्डै १५ महिनाअघि प्रधानमन्त्रीको रूपमा दोस्रो पटक सत्ता सम्हालेयता ओलीको यो नवौँ विदेश भ्रमण हो ।

Avatar

Next Story