निर्धन संस्थाले दियो भूकम्प प्रभावित क्षेत्र धादिङका महिला समूहलाई साबुन बनाउने तालिम

  • २९ जेष्ठ २०७६, बुधबार १९:४९
  • 1196 Views
radionrn

राजधानीको नक्सालमा मुख्य कार्यालय रहेको निर्धन संस्थाले २०७६ जेठ २६ देखि २८ गते सम्म भूकम्प प्रभावित क्षेत्र धादिङमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकास्वावलम्बी समूहका ६२ जना विपन्न महिलाहरुलाई साबुन बनाउने तालिम प्रदान गरेको छ ।

गरिबीलाई दिगोरूपमा नियन्त्रण गर्न विपन्न वर्गलाई वित्तीय साक्षरता, सीपमुलक तालिम तथा ब्यावसायिक साक्षरता लगायतका अन्य गैर वित्तीय सेवा पनि आवश्यक हुन्छन् भन्ने मान्यताका धनी नेपालका लघुबित्तका पिताको रूपमा सम्मानीत मौद्रिक अर्थशास्त्री डा. हरिहर देव पन्तले अङ्गाल्नु भएको बाटोलाई निरन्तरता दिंदै उहाँको नेतृत्वमा स्थापितनिर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र धादिङका महिला स्वावलम्बी समूहका ६२ जना विपन्न महिलाहरुलाई साबुन बनाउने तालिम प्रदान गरेको हो ।

यस तालिममा सहभागीहरुले लुगाधुने साबुन र झोल साबुन बनाउने सीप सिक्नुका साथै बजारीकरण सिद्घान्तका बारेमा पनि ज्ञान हाँसिल गरेका हुन् । तालिमका सहभागीहरुको तर्फबाट तालिमको समापन सत्रमा बोल्दै पुष्पा खड्का,लक्ष्मी चेपाङलेआयोजकहरुलाई धन्यवाद दिनुको साथैतालिममा सिकेको सीपले आफूहरुलाई व्यवसायिक रुपमा सावुन बनाउने काममा लाग्न प्रेरित गरेको बताए ।

तालिम समापन सत्रका मुख्य अतिथि गल्छी गाउँपालिकाका प्रशासकीय अधिकृत श्री दान बहादुर ए.डि.ले आफ्नो मन्तव्य राख्दै प्रशिक्षार्थीलाई तालिममा हाँसिल गरिएका सीपलाई व्यवहारमा उतार्न र लघु उधमी बन्न शुभकामना व्यक्त गरे तथा लघु उधमदर्ता गर्न गाउँपालिकाकातर्फबाट दिनु पर्ने प्रशासन संबन्धि प्रकृयामा सहजीकरण गरिदिनेवताए । निर्धन संस्थाका कार्यक्रम अधिकृत तथा प्रशिक्षक मनिष रत्न कोनाजो, प्रशिक्षक विना थापा, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड गल्छी शाखाका प्रमुख वीर बहादुर लामालेपनि आ–आफ्नो मन्तव्य राख्दै प्रशिक्षार्थीलाई तालिममा हाँसिल गरिएका सीपलाई व्यवहारमा उतार्न आह्वान गरे ।

तालिम समापन सत्रमा निर्धन संस्थाकी प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै वि.सं.२०४७ मा स्थापितयस निर्धन संस्थाले वि.सं.२०४९ सालमा नेपालकै पहिलो बिना धितो लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते देखि विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरणको जानकारी गराइन् ।

तत्पश्चात मातृ संस्था निर्धनले ग्रामिण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक तथा सामाजिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता तालिम, ब्यावसायीक तालिम, विभिन्न सेवामुलक, सचेतना मूलक तथा कार्य अनुसन्धान मुलक कार्यक्रम आदि संचालन गर्दै आईरहेको जानकारी गराइन् । सहभागी महिलाहरुलाई तालिममा हाँसिल गरेका सीपलाई व्यवहारमा उतार्न ब्यवसायिक रुपमा लाग्न आग्रह गर्दै कार्यक्रम समापन भएको जानकारी गराइन ।

Avatar

Next Story