‘कसैलाई काखा कसैलाई पाखाको व्यवहार भएको भन्दै सांसदहरुको चर्को विरोध

  • २९ जेष्ठ २०७६, बुधबार १६:५९
  • 689 Views
Radin NRN

पश्चिम नेपालमा हावाहुरीले र्पुयाएको क्षतिलाई लिएर सत्तारुढ दलकै सांसदहरुले सरकारबाट ‘कसैलाई काखा कसैलाई पाखाको व्यवहार भएको भन्दै चर्को विरोध गरेका छन्।
विनियोजित बजेटमाथि छलफल जारी रहेका बेला प्रतिनिधिसभाको विशेष समयमा सत्तारुढ नेकपाका सांसद लक्ष्मी चौधरी, झपट रावल, निरु पाल र नवराज रावलले बारा र पर्सामा हावाहुरीको क्षतिलाई तत्काल संवोधन गरेको तर कैलाली, कञ्चनपुर र बर्दियामा पुगेको क्षतिबारे बेवास्ता गरेको भन्दै आक्रोश पोखेका हुन् ।
कैलालीकी सांसद चौधरीले जेठ २३ गते पश्चिम नेपालमा २ जनाको ज्यान जाने र एक सय ७ जना घाइते हुने गरी आएको हावाहुरीबाट करोडौँको क्षति भएको र प्रचण्ड गर्मीमा पीडित बस्न बाध्य भएको तर उनीहरुको पुर्नस्थापनाका लागि केन्द्र सरकारले बेवास्ता गरेको बताउनुभयो ।
सांसद रावलले पनि चौधरीको समर्थन गर्दै पश्चिम नेपालको हावाहुरीको पीडामा केन्द्र सरकारले कसैलाई काखा त कसैलाई पाखा गरेको भन्दै आपत्ति जनाउनुभयो ।
सांसद निरु पालले पनि सरकारले तत्काल पीडितको व्यवस्थापन र राहत वितरणमा ध्यान केन्द्रित गर्नु पर्ने बताउनुभयो ।

Avatar

Next Story