गायिका पुर्णिमा लामाको “यो जुनी त तिम्रै हो”  सार्बजनिक 

  • २९ जेष्ठ २०७६, बुधबार १३:३१
  • 1690 Views


radionrn

काठमाडौँ – गायिका पुर्णिमा लामाको  “यो जुनी त तिम्रै हो” बोलको गित सार्वजनिक  भएको  छ । उक्त गितको भिडियो  म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत  सार्वजनिक गरिएको हो ।

माया प्रेममा आधारित गीतको भिडियोमा रोमांचक दृश्य देख्न सकिन्छ । राजन परियारको संगीत रहेको उक्त गीतमा गायिका पुर्णिमा लामाको आवाज सुन्न सकिने छ ।

सो गीतमा मोडल अमृता भट्ट र बिबेस सुन्दासको धमाकेदार अभिनय रहेको छ । मोडल  भट्टले समाउ मेरो हात, हिजोसम्म माया गरेउ, दिल बेच्ने बजार, तारा बिनाको आकाश जस्ता थुप्रै  म्युजिक  भिडियोमा अभिनय गरिसकेकी छिन् ।

यस म्युजिक भिडियोको निर्देशन बिनोद सुन्दासले गरेका छन्  भने छायांकन मुकेश हुमागाईं गरेका हुन् ।

Avatar

Next Story