प्रधानमन्त्री ओली आज पनि बेलायतमै व्यस्त हुने, आजै पेरिस जाने

  • २९ जेष्ठ २०७६, बुधबार ०९:४९
  • 858 Views


radionrn

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) कार्यक्रमका लागि स्वीट्जरल्याण्डको जेनेभा जानु भएका प्रधानमन्त्री केपी शर्मा ओली मुख्य कार्यक्रम सकिएपछि अन्य देशहरुमा भेटघाट तथा घुमघाममा व्यस्त हुनु भएको छ ।

जेनेभाबाट उहाँ दुई दिन अगाडी बेलायत पुग्नु भएको छ भने आजै उहाँ फ्रान्स जाने कार्यक्रम रहेको छ ।

बेलायतमा रहदाँ प्रधानमन्त्री ओलीले राजकुमार ह्यारी, प्रधानमन्त्री थेरेशा मे, नेपाली अगुवाहरुलगायतलाई भेटन् भएको छ ।

प्रधानमन्त्री ओलीले राखेका कुरालाई प्रधानमन्त्री मेले आफु जिम्मेबारीबाट बाहिरिन लागेकाले आफ्नो उत्तराधिकारीलाई ओलीले राखेका विषयमा जानकारी गराउने बताउनु भएको थियो ।

हिजो नै प्रधानमन्त्री ओलीले लन्डनस्थित नेपाली दूतावास नजिकै रहेको केन्सिङ्गटन प्यालेसमा गएर राजकुमार ह्यारीलाई भेट्नु भएको थियो ।

राजकुमार ह्यारीले झन्डै तीन वर्षअघि नेपालको भ्रमण गरी गोर्खा जिल्लामा भूकम्पबाट भत्किएको एउटा विद्यालय पुनर्निर्माण गर्न सघाउनु भएको थियो ।

बेलायतस्थीत नेपालीसँग हिजो भेटवार्ता गरिसक्नु भएका प्रधानमन्त्री ओली आज पनि लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने भएको छ।

साताव्यापी युरोप भ्रमणमा रहनु भएका ओली आजै भूमिगत रेल चढेर लण्डनबाट फ्रान्सको पेरिस प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उहाँ आउदो आइतबार मात्रै स्वदेश फर्किनुहुने भएको छ ।

Avatar

Next Story