संसद बैठकमा आज पनि तीन मन्त्रालयको बजेट बारे छलफल

  • २९ जेष्ठ २०७६, बुधबार ०९:४२
  • 728 Views


radionrn

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, र कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका लागि विनियोजित बजेटका बारेमा सांसदहरुले धारणा राख्ने भएका छन् ।

हिजोको बैठकमा युवा तथा खेलकूद मन्त्रालय, सहरी विकास मन्त्रालय, र अर्थ मन्त्रालयका लागि छुट्याइएको बजेटका बारेमा छलफल गर्ने क्रममा नेकपाका सांसद झपट रावलले संसदको रोष्टममा गएर मौन वस्नु भएको थियो ।

सहरी विकास मन्त्रालयले आफ्नो जिल्लाका लागि कुनै पनि कार्यक्रम तथा बजेट नपारेकाले बोल्ने कुरा नपाएर मौन बस्नु परेको उहाँले बताउनु भएको थियो ।

बैठकमा आज विभिन्न सांसदहरुले “विनियोजन विधेयक, २०७६ अन्र्तगत विभिन्न मन्त्रालयका लागि छुट्याइएको खर्च रकम खटाउने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने भएको छ ।

बैठक विहान ११ बजेपछि बस्नेगरी बोलाइएको संसद सचिवालयले जनाएको छ ।

Avatar

Next Story