जलविद्युत आयोजनामा आगलागी पाँच करोड बढीको क्षति, ‘रेडियो पर्वत’मा पनि आगलागी

  • २९ जेष्ठ २०७६, बुधबार ०९:३४
  • 1157 Views


radionrn

इलामको पुवाखोलास्थित अपर पुवा–१ साना जलविद्युत आयोजनामा हिजो साँझ भएको आगलागीमा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जोशी हाइड्रोपावर कम्पनीले निर्माण गरेको तीन मेगावाट क्षमताको आयोजनाको पावरहाउसमा जडान भएका दुई टर्वाइनमध्ये एकमा अचानक आगलागी भएको हो ।

डेढ मेगावाट क्षमताको एक टर्वाइन बिग्रिएर केही दिन अगाडिदेखि नचलाइएको भए पनि हिजो अकस्मात उल्टो घुमेर आगलागी भएको बताइएको छ ।

आगलागी भए लगत्तै कर्मचारी र स्थानीयले पावरहाउसमा पानी वन्द गरेर आगो नियन्त्रणमा लिएका थिए ।

यसैबीच पर्वतबाट सञ्चालित ‘रेडियो पर्वत’ को कार्यालयमा पनि गएराति आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा भवनमा समेत क्षति पुगेको छ ।

आगलागीबाट रेडियोको ट्रान्समिटरमा क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजनलगायतका सामग्रीहरु पूर्ण रुपमा नष्ट भएको रेडियोका स्टेसन म्यानेजर शंकर शर्माले जानकारी दिनुभएको छ ।

Avatar

Next Story