आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ

  • २८ जेष्ठ २०७६, मंगलवार १५:१४
  • 2548 Views
Radin NRN

 छोरीले बलात्कार गरेको उजुरी गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले यादबलाई पक्राउ गरेको हो।

यादबले आफ्नी  १८ वर्षीया छोरीलाई तीन चार वर्षयता बलात्कार गर्दै आएपनि परिवारभित्रै लुकाउने प्रयाश भएको प्रहरीले जनाएको छ। ‘तर असह्य भएपछि यादबविरुद्ध उनकी छोरी प्रहरीकहाँ आईपुगेको देखिन्छ’, परिसर स्रोतले भन्यो।

गत जेठ १९ गते प्रहरीमा उजुरी परेपनि यादब  सोमबार मात्र पक्राउ परेका हुन्। महोत्तरी स्थायी घर भएका यादब ललितपुरको धोविघाटमा बस्दै आएका थिए।

विदेशमा बाबु र छोरीबीच शारिरिक सम्पर्क हुने गरेको उदाहरण दिदै यादबले छोरीसँग जबर्जस्ती करणी गर्ने गरेको पिडितले प्रारम्भिक बयानमा बताएकी छिन्।

Avatar

Next Story