सरकारले दमन गरेको होइन सामान्य बल प्रयोग मात्रै गरेको हो : गृहमन्त्री

  • २८ जेष्ठ २०७६, मंगलवार १४:५८
  • 819 Views
Radin NRN

गृहमन्त्री रामबहादुर थापाले शान्तिपूर्ण रुपमा बिरोध प्रदर्शन गर्न पाउने जनताको अधिकार संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

गुठीयार तथा संम्पदा संरक्षण अभियन्ताको बिरोध प्रदर्शनका क्रममा गत आईतबार पानीको फोहोरा हानेको तथा सामान्य बल प्रयोग भएको बारे सरकारले नैतिक जिम्मेबारी लिने उहाँको भनाई थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गुठीयार तथा सम्पदा संरक्षण अभियन्तामाथि गत आइतबार भएको सरकारी दमनको जवाफ मागेपछि प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री थापाले जनताको नैसर्गिक अधिकार रक्षाका लागि सरकारको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, सरकारले आइतबार शान्तिपूर्ण बिरोध प्रदर्शनमा पानीको फोहारा हानेको हैन । लाठी चार्ज गरेको हैन । सार्वजनिक सम्पत्तिको तोडफोड, सवारी साधन सञ्चालनमा अवरोध तथा ढुंगामुढा भएपछि प्रदर्शन तितरबितर गर्न सरकारले बल प्रयोग गरेको हो ।

सार्वजनिक सवारी आवागमनको रक्षा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पनि सरकारको दायीत्व रहेको बताउदै गृहमन्त्री थापाले राज्य र प्रदर्शनकारीबाट काुनुन मिचिएको भए कारवाहीको दायरमा ल्याउने बताउनुभयो ।

सो बारे अनुसन्धान भइरहेको उहाँको भनाई छ । गृहमन्त्री थापाले घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।  गृहमन्त्री थापाले संसदमा गलत विवरण जानकारी गराएको भन्दै कांग्रेस सहितका सांसदले आपक्ति जनाएका थिए ।

गुठी विधेयकको विरोधमा उत्रिएका सरोकारवालालाई प्रहरीले दमन गरेको विषयमा गृहमन्त्रीको जवाफ माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको हिजोको बैठक अवरुद्ध गरेको थियो ।

Avatar

Next Story