औचित्यहिन प्रधानमन्त्रीको युरोप भ्रमण

  • २६ जेष्ठ २०७६, आईतवार २०:२६
  • 1781 Views


Radin NRN

दिनेश न्यौपाने, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले करिव एक साता लामो युरोप भ्रमणमा हुनुहुन्छ । ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमनत्री हिजो ८ दिने युरोप भ्रमणमा निस्किनु भएको हो ।

प्रधानमन्त्री ओली एक टोली सहित बिशेष गरि जेनेभामा आयोजना हुने अन्तर्रा्ष्ट्रिय श्रम संगठनको १०० वर्ष पुगेको अवसरको कार्यक्रमलाई सम्बोधन त्याहा जानु भएको हो ।

भ्रमणका अवसरमा उहाँले बिभिन्न भेटघाट तथा केहि कार्यक्रम सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओली पछिल्लो समय बिदेश भ्रमणमा बढि व्यस्त देखिनु भएको छ ।

प्रमुख प्रतिपक्ष काँग्रेसले प्रधानमन्त्रीको यो भ्रमणको औचित्यमाथी प्रश्न उठाएको छ । पुर्व प्रराष्ट्रमन्त्री तथा काङ्ग्रेसका सह – महामन्त्री प्रकाश शरण महतले अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आईएलओ) को १०० बर्ष पुरा गरेको अवसरको कार्यक्रममा प्रधानमन्त्रीनै जानुपर्ने खास कारण नभएको बताउनुभयो ।

(आईएलओ) को कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री मात्रै जादाँ पुग्ने कुरा भएपनि प्रधानमन्त्रीनै जानुपर्ने आवश्यक्ता नभएको उहाले बताउनु भयो ।

प्रधानमन्त्री तथा राष्ट्रपतीका केहि बिदेश भ्रमणहरुको कुनै औचित्य नभएको बिपक्षीदलको भनाई छ । यी बिदेश भ्रमण साधन श्रोत र समयको बर्वादी मात्रै भएको आरोप पनि लाग्दै आएको छ ।

प्रधानमन्त्री तथा राष्ट्रपती बिदेशी सरकार प्रमुखको निमन्त्रणामा कुनै बहुपक्षिय फोरम या युएनका महत्वपुण फोरममा त्यहाका सरकार प्रमुख तथा राष्ट्रअध्यक्षलाई सम्बोधन गर्न सरकार प्रमुखको हैसियतले प्रस्तुती दिन जानु ठिकै हो । तर सत्तापक्षकै नेताहरु पनि यस किसिमका भ्रमणमा प्रधानमन्त्रीनै जानुपर्छ भन्ने पक्षमा भने छैनन् ।

नेकपाका नेता घनस्याम भुसाल केहि कार्यक्रम आफ्नो आवश्यक्ता र बैदेशिक सम्बन्ध बिस्तारका लागी महत्व दिनपर्ने भएकाले गएको हुनसक्ने बताउनु हुन्छ ।

परराष्ट्र जानकारहरु भने प्रधानमन्त्रीको यो भ्रमणलाई सकरात्मकरुपमा लिनु पर्ने बताउँछन् । परराष्ट्र मामिलाका जानकार सुरेशचन्द्र चालिसे प्रधानमन्त्रीको यो भ्रमणबाट आउने फाइदा अहिले भन्न नसकिएपनि अन्तराष्ट्रिय सम्बन्ध मजवुत बन्ने बताउनुहुन्छ ।

बाहिरी मुलुकमा हुने बिभिन्न खालका कार्यक्रममा मन्त्रीहरु जाँदा हुने भएपनि प्रधानमन्त्री आफै अगाडी सर्नुले प्रष्टै बैदेशिक भ्रमणको मोह झल्किन्छ । बिदेश भ्रमणको मोहले मात्रै यसरी सरकार प्रमुख जाने गर्नुले मुलुकको गरिमा कम्जोर बन्न सक्छ । त्यसकारण सरकार तथा राष्ट्र प्रमुखले औचित्य बिनाका बैदशिक भ्रमणमा बिचार गर्न जरुरी छ ।

Avatar

Next Story