टिपरको ठक्कर बाट फेरि एक जनाको मृत्यु

  • २६ जेष्ठ २०७६, आईतवार १६:४१
  • 650 Views
radionrn

काठमाडौं । टिपरको ठक्कर बाट फेरि एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत  तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा टिपरलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार  भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकलमा रहेका  शुक्लागण्डकी ४ दुलेगौडाका २१ वर्षीय कमल विकलाई ठक्कर दिएको उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्युभएको बताइएको छ ।

Avatar

Next Story