पर्सामा हावाहुरी : दर्जनौं घरमा क्षति

  • २६ जेष्ठ २०७६, आईतवार ०९:४७
  • 871 Views


radionrn

हिजो साँझ बर्षासँगै आएको हावाहुरीले पर्सामा दर्जनौं घरमा क्षति पुगेको छ ।  पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हावाहुरीले क्षति पु¥याएको र विवरण संकलन भइरहेको जानकारी दिनुभएको छ ।

‘हावाहुरीले केहि मानिस घाईते घाइते भएको वताईएको छ । हावाहुरीले वीरगञ्ज महानगरपालिका वडा नं. १८ भवानीपुर बस्ने समसुद्धिन हवारीको छोरी ४ बर्षिया सवना खातुन, वीरगञ्ज–२२ बस्ने ४७ बर्षिया मैनुदेवी लगायत घाइते भएका हुन् ।

दुई तले घरको छतमा खेलिरहेकी सवनालाई हावाहुरीले उडाएर तल खसालेको थियो । त्यसैगरि हावाहुरीले गाउँका दर्जनौं घरमा सामान्य क्षति र्पुययाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ ।

हावाहुरीले वीरगञ्ज–२३ सवैठवामा एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ ।

Avatar

Next Story