प्रदेश ५ मा नदीजन्य पदार्थमा चरम मनपरी, फितलो अनुगमनले दोहन बढ्यो

  • २४ जेष्ठ २०७६, शुक्रबार १५:२१
  • 832 Views
Radin NRN

प्रदेश ५ मा नदीजन्य पदार्थको दोहन अनियन्त्रित भएको सरोकारवालाहरुले औल्याएका छन् ।  रिपोर्टर्स क्लब प्रदेश ५ ले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको बताएका हुन् ।
अर्थ, उद्योग तथा वातावरण समितिका सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु धेरै भएपछि वातावरण समिति अनुगमनमा नगएको बताउनु भयो ।

उहाले कानून तयार भैसकेको र कानून कार्यन्वयनमा आएपछि समस्या समाधन हुने बताउनु भयो । यस्तै प्रदेश लेखा समिति सदस्य वैजनाथ कलवारले चरम दोहनको अवस्था रहेको भन्दै यस्तै अवस्था रहिरहे साउनपछि खोलाहरुमा माटो मात्र हुने बताउनु भयो ।

साक्षात्कारमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अवैध रुपमा हुने उत्खनन् रोक्ने बताउनु भयो । अन्तिम समयमा ठेकदारहरु खोलामा पस्न खोज्ने बेला भएको भन्दै त्यसलाई नियन्त्रण गरिने उहाको भनाई छ ।

Avatar

Next Story