सनराइज बैंकको नयाँ शाखा मुलपानीमा

  • २४ जेष्ठ २०७६, शुक्रबार १४:५३
  • 442 Views
radionrn

काठमाडौं । सनराइज  बैंकले काठमाडौंको मुलपानीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र सन्राइज बैंकका संचालक समितिका सदस्य बच्छराज तातेडले  संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो।

सो कार्यक्रममा सन्राइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारी लगायत बैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।  यो शाखा संगै  बैंकको शाखा संख्या १०७ वटा पुगेको  जनाइएको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३३ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै,  बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको छ ।

Avatar

Next Story