निर्धन संस्थाले सिकायो कौशीमा खेती गर्ने तरिका

  • २३ जेष्ठ २०७६, बिहीबार २०:००
  • 1716 Views


radionrn

काठमाडौँ, २३ जेठ । काठमाडौको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथलीका महिला स्वावलम्बी समूहका विपन्न महिलाहरुलाई ब्यवसायिक तरकारीखेती तथा कौशी खेती तालिम प्रदान गरेको छ ।

राजधानीको नक्सालमा मुख्य कार्यालय रहेको उक्त संस्थाले जेठ २१ गते देखि २३ गते सम्म टिकाथलीमा तालिम दिएको हो ।
गरीबीलाई दिगोरूपमा नियन्त्रण गर्न विपन्न वर्गलाई बित्तिय सेवा र बित्तिय पहुँचको साथै बित्तिय साक्षरता, सीपमुलक तालिम तथा ब्यवसायिक साक्षरता लगायतका अन्य गैर वित्तिय सेवा पनि आवश्यक हुन्छन भन्ने मन्यताका धनी नेपालका लघुबित्तका पिताको रूपमा सम्मानीत मौद्रीक अर्थशास्त्री डा. हरिहरदेव पन्तले अङाल्नुभएको बाटोलाई निरन्तरता दिंदै तालिमको आयोजना गरिएको हो ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट निता विशंखे, सिता नेपाली र सिता कार्कीले आयोेजकहरुलाई धन्यवाद दिदै ब्यवसायिक तरकारी खेती तथा कौशी खेती सम्बन्धी सीप आफूहरुलाई ज्यादै लाभदायी हुनेबताएका थिए ।

समापनसत्रमा निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिस रत्नकोनजो, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड टिकाथली शाखाका प्रमुख बन्दना अधिकारी, सहायक दिवाकर न्यौपाने, लेखापाल प्रमोद पण्डित र प्रशिक्षिक पुस्कर आचार्यले प्रशिक्षार्थीलाई तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न आह्वान गर्नु भएको थियो ।

निर्धन संस्थाकी प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वि.सं.२०४७ सालमा डा. हरिहर देव पन्तको नेतृत्त्वमा स्थापित यस निर्धन संस्थाले वि.सं.२०४९ सालमा नेपालकै पहिलो बिनाधितो ऋृण प्रवाह गर्ने लघु वित्त कार्यक्रम सुरुवात गरी वि.सं.२०५६ श्रावण १ गतेदेखि विधिवत रुपमा लघुवित्तसम्बन्धी सम्पूर्ण ्वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीयसंस्था लिमिटेडलाई हस्तान्तरणको जानकारी गराउनु भयो । तत्पश्चात मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक तथा सामाजिक विकासगर्नका लागि विभिन्नकिसिमका सीपविकास तालिम, उद्यमशीलता तालिम, ब्यावसायीक तालिम तथा विभिन्न सेवा कार्यक्रमर सचेतनामूलक कार्यक्रम आदिसंचालन गर्दै आईरहेको जानकारी उहाँले बताउनु भयो ।

निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलाईँ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निरन्तरता दिंदै आईरहेको छ ।

Avatar

Next Story