पर्वत: फलेवासमा ‘क्लिन फलेवास, ग्रिन फलेवास’ अभियान शुरु

  • २१ जेष्ठ २०७६, मंगलवार १९:०३
  • 832 Views
Radin NRN

साजन परियार, पर्वत । पर्वतको फलेवास नगरपालिकाले “क्लिन फलेवास, ग्रिन फलेवास“ अभियान संचालन गर्ने भएको छ । फोहोरका कारण मानव स्वास्थ्यमा नराम्रो असर पर्ने र वातावरण पनि प्रदुषण हुने भएकाले त्यसको न्यूनीकरणको लागि यो अभियानको थालनी गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभएको छ ।

अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि चौथो नगरसभाले सरसफाइ सम्बन्धि बिधेयक २०७६ नगरसभाबाट पारित गरि सरसफाइ र वृक्षारोपणका लागि ९ लाख छुट्टाएको उहाले जानकारी दिनुभयो ।

नगरमा रहेका ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थालहरुको संरक्षण र प्रबर्द्धन गर्न र नगरलाई सुन्दर सान्त, हरियाली बनाउन यो अभियानले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने शर्माले बताउनुभयो ।

Avatar

Next Story