राष्ट्रपति भण्डारी आज नेपालगञ्ज जाँदै, सामुहिक रोजा इफ्तारमा सहभागि हुने

  • २१ जेष्ठ २०७६, मंगलवार १३:५४
  • 845 Views
Radin NRN

भिष्म लोध,बाँके
राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपालगञ्ज जादै हुनुुहुन्छ । बाँकेको बैजनाथ गाउँपालिका ५ जि गाउँमा रहेको प्रभात माविको स्वर्ण जयन्ती समारोह तथा नेपालगञ्जमा हुन लागेको सामुहिक ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागि हुन उहाँ आज नेपालगञ्ज जान लाग्नुभएको हो । आज साँझ साढे ५ बजेपछि नेपालगञ्जस्थित सिद्वार्थ कटेजमा आयोजना हुन गइरहेको सामुहिक ‘रोजा इफ्तार’ कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागि हुन कार्यक्रम छ ।

‘रोजा ईफ्तार’ मा विरयानी, सेवई र खजुरका परिकार राखिनेछ । यस बाहेक अन्य फलफुल लगायतका परिकार पनि हुनेछ । डेढ महिनाको अन्तरालमा दोस्रो पटक राष्ट्रपति भण्डारी नेपालगञ्ज आउन लाग्नुभएको हो । यसअघि गत वैशाख ५ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज पहिलोपटक आउनुभएको थियो ।

मुस्लिम समुदायका पाँच स्तभ मध्ये रोजा पनि एक हो । इफ्तारमा क्षमता अनुसार हरेक मुस्लिम समुदायले ब्यक्तिगत वा सामुहिक रुपमा परम्परागत विभिन्न परिकार खाने प्रचलन छ ।

Avatar

Next Story