सहकारीको २५ करोड हिनामिना प्रकरण, आफुलाई फसाइएको संस्थाका प्रबन्धक पाठकको दावी

  • २१ जेष्ठ २०७६, मंगलवार १३:५२
  • 1157 Views
Radin NRN

भिष्म लोध,बाँके
सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगञ्जमा २५ करोड बढी अपचलनको आरोप लागेका मध्ये संस्थाका प्रबन्धक अरुणकुमार पाठकले आफुलाई फसाइएको दावी गर्नुभएको छ । आज जिल्ला प्रशासन कार्यालय बाँके परिसर पत्रकारमाझ कुरा गर्दै उहाँले आफुलाईले सहकारीको रकम हिनामिना नगेको दावी गर्नुभएको हो ।

उहाँले सहकारीको हर हिसाब किताब गर्न पटक पटक संचालकहरुलाई जानकारी गराईरहँदा पनि वेवास्ता गरेको र सहकारी डुब्ने भएपछि आफुलााई कोठामा थुनेर जवरजस्ती सहकारीको रकम अपचलन गरेको भनेर कागजातमा हस्ताक्षर गरार उहाँको भनाई छ । पत्रकारमाझ पाठकले आफुले लिएको ऋण लिएको रकम बिभिन्न समयमा गरी तिरेको र अरुले दिने ऋणको रकम समेत आफुमाथि थुपारिएको दावी गर्नुभयो । सहकारीको रकम हिनामिना गरेको छानबिन समितिले देखाए आफुले रकम तिर्ने रकम पाठकले बताउनुभयो । सहकारीले नियमबिपरित सन्ध्याकालिन काउण्टर समेत चलाएको पाठकले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाका अध्यक्ष सधै साँझ आएर नियम बिपरित खर्च लिएर जाने गरेको र मासिक रुपमा एक लाख समेत लिने गरेको पाठकले पत्रकारसामु पोल खोल्नुभयो । सहकारीका प्रमुखहरुबिरुद्ध मुद्दा परेपछि फरार रहेका पाठक आज नेपालगञ्ज आएर पत्रकार सम्मेलन पश्चात प्रहरी सामु पुगेका छन् । सहकारीको हिनामिना भएपछि गठन गरिएको छानविन समितिको प्रतिवेदन अनुसार प्रबन्धक पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सुर्यकुमार विकले ६४ लाख रुपिया हिनामिना गरेको उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरुमध्ये जेठ ५ गतेदेखि प्रबन्धक पाठक र बैजापुर शाखा प्रमुख लीलाधर र नायब प्रबन्धक सुवेदी पनि विरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्कविहिन भएका छन् । उनीहरुले नक्कली कर्जा वितरण गरेको कागजात बनाएर रकम ठगी गरेका हुन् । सहकारी २५ करोड रुपैयाँ बढी अपचलन भएको बाहिर सार्वजनिक भएपनि संस्थामा ग्राहकले करिब ५२ करोड रुपैयाँ मौज्दात रहेको देखिन्छ ।

सहकारीमा एउटै व्यक्तिको ३० लाख रुपैयाँसम्म बचत रहेको छ । उता कर्मचारीहरुबाट अपचलन भएको संस्थाको रकम र सो सम्बन्धी पूर्ण अध्ययन गर्न कम्तिमा १५ दिन लाग्ने भन्दै संचालक समितिको बैठकले २६ गतेसम्म बैंैंकिङ कारोबार स्थगन गर्ने निर्णय गरेको छ । संस्थाले ग्राहकहरुको रकम संस्थामा सुनिश्चित रहेको र संस्थाको आन्तरिक हिशाब छिट्टै मिलान गरी संस्था नियमित संचालन गर्ने प्रतिबद्धता पनि जनाएको छ । संचालक समितिका अध्यक्ष चौधरीलाई बचतकर्ताहरुको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको छ । २०५१ सालमा स्थापना भएको यो सहकारी वित्तीय संस्था लिमिटेड ३ हजार भन्दा बढी ग्राहक छन् ।

Avatar

Next Story