साताको पहिलो दिन, बजारमा सुनचाँदीको भाउ उकालो लग्यो

  • १९ जेष्ठ २०७६, आईतवार १४:३२
  • 975 Views
radionrn

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ ।

आइतबार छापावाल सुन ५ सय रुपैयाँले बढ्दै प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासँघका अनुसार, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोलाा ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

Avatar

Next Story