होटल व्यवसायी संघ मेघौली इकाई गठनको अध्यक्षमा महतो

  • १७ जेष्ठ २०७६, शुक्रबार १३:५६
  • 689 Views
radionrn

चितवन – होटल व्यवसायी संघले पश्चिम चितवनको मेघौलीमा इकाई समिति गठन गरेको छ ।

मेघौली क्षेत्रका होटल व्यवसायीहरुको भेलाले रामकुमार महतोको अध्यक्षतामा ९ सदस्यीय इकाई समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजेश महतो, सचिवमा हेम कुमारी महतो, सह–सचिवमा खेम गुरुङ, कोषाध्यक्षमा शनिचर महतो चयन भएका छन् । समितिको सदस्यहरुमा अमर कुमाल, हरिबहादुर महतो, ओम गुरुङ, ओम कुमाल रहेका छन् ।

जिल्लाका सबै होटल व्यवसायीलाई समेट्ने उदेश्य अनुरुप संघले इकाई गठन प्रक्रियालाई तीव्रता दिएको हो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनकी अध्यक्ष एवं प्रमुख अतिथी शर्मिला न्यौपानेले होटल व्यवसायीका समस्या समाधानको लागि व्यवसायीहरुनै एकढिक्का हुनुपर्नेमा जोड दिइन् । व्यवसायीकै बीचमा फाटो आए अन्य क्षेत्रकाले पनि होटल व्यवसायीलाई हेप्ने हुँदा व्यवसायीहरुले त्यस तर्फ ध्यान दिनु आवश्यक रहेको बताइन् ।

कार्यक्रममा होटल व्यवसायी संघका पूर्व अध्यक्ष इमान्दु बराल, सल्लाहकार दिलकुमार श्रेष्ठ, शिवघाट इकाईका अध्यक्ष राजु श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन संघका नारायणगढ इकाई अध्यक्ष कृष्ण महतोले गरेका थिए । कार्यक्रम होटल व्यवसायी संघ चितवन मेघौली इकाईका अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Avatar

Next Story