साढे दुई बर्षपछि ओलीले सरकार छाड्ने प्रचण्डको विश्वास

  • १६ जेष्ठ २०७६, बिहीबार ०९:२४
  • 1664 Views


radionrn

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार बनेको साढे दुई बर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पद त्याग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साढे दुई बर्षपछि ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिने सहमती भएको संकेत गर्दै उहाँले सहमती कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको हो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै उहाँले इमान्दारीताका साथ सहमती कार्यान्वयन गर्न दायाँ बाँया गर्न खोज्ने व्यक्ति टिक्न नसक्ने चेतावनी दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “धेरै घमण्ड गर्न खोजियो भने त्यो जोसुकै भएपनि टिक्न सक्दैन, त्यसैले सहमती पालना हुनेमा विश्वास गरौँ ।”
नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेको अहिले झण्डै डेढ बर्ष पुगेको छ ।

प्रचण्डको भनाई अनुसार ओली प्रधानमन्त्री रहीरहने समय अव एक बर्ष मात्रै रहेको छ । उहाँले आफुलाई पार्टी नेतृत्व दिएमा भने ओलीलाई निरन्तरता दिइने संकेत पनि गर्नुभयो ।

Avatar

Next Story