भारतिय प्रधानमन्त्री मोदीले बिहीबार दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्ने

  • १३ जेष्ठ २०७६, सोमबार १५:०९
  • 1053 Views
Radin NRN

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनता पार्टीले फेरि सरकारको नेतृत्व गर्ने भएको छ । भारतीय जनता पार्टीेका संसदीय दलका नेता चयन भएका नरेन्द्र मोदीले नै सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।

मोदीले आगामी बिहीबार विधिवत रुपमा दोस्रो कार्यकाल सम्हाल्नेछन् । बिहीबार साँझ मोदीले प्रधानमन्त्री पदको शपथ लिने तय भएको छ । राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई राष्ट्रपति भवनमा शपथ गराउने कार्यक्रम सार्वजनिक भइसकेको छ ।स्थानीय समयानुसार साँझ ७ बजे मोदी र उनको नेतृत्वको मन्त्रिपरिषद सदस्यको समथ गराइने भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

Avatar

Next Story