संसद बैठकमा आज दर्जन भन्दा बढी विधेयक पेश हुने

  • १३ जेष्ठ २०७६, सोमबार ०९:३४
  • 767 Views


radionrn

संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेपछि बस्ने तय भएको छ भने राष्ट्रिय सभाको बैठक पौने १२ बजेपछि बस्ने संसद सचिवालयले जनाएको छ ।

बजेट पेश गर्ने दिन नजिकीदै गर्दा बस्न लागेको प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक सर्वेक्षण” र अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले “अर्थ समितिको वार्षिक प्रतिवेदन, पेश गर्नुहुने भएको छ । यसैगरी अन्य बार्षिक प्रतिवेदन पेश हुदैछन् ।

आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन) विधेयक र गृह मन्त्री रामबहादुर थापाले “प्रहरी समायोजन विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीे छ ।

आजै कर्णाली प्रदेशको प्रदेश सभाको बैठक पनि बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

Avatar

Next Story