लोकसभा चुनावको मतगणना जारी, बीजेपीले एक्लै बहुमत ल्याउने संकेत

  • ९ जेष्ठ २०७६, बिहीबार १५:१४
  • 1248 Views
Radin NRN

काठमाडौँ । भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । सुरुवाति रुझानमा भाजपा नेतृत्वको गठबन्धनले आक्रामक अग्रता लिएको छ । केही महत्वपूर्ण सिटमा जारी मतगणना रोमाञ्चक देखिएको छ ।

एक महिना लामो चुनावी सरगर्मीपछि भारतमा आज सुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी एक्लै बहुमत नजिक पुगेको छ । जारी मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४२ सिटमा अग्रता लिएको छ ।

जसमा भारतीय जनता पार्टी (बीजेपी) २ सय ९० भन्दा बढी सिटमा अग्रता लिएको छ । यसअघि सन् २०१४ को निर्वाचनमा बीजेपीले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । बहुमतका लागि २ सय ७२ सिटमा जित हासिल गर्नुपर्छ अहिलेको निर्वाचन परिणामले भारतमा बीजेपीको लोकप्रियता नघटेको देखाएको छ ।

यता अमेठीको सुरुवाति मतगणनामा पछि परेका कांग्रेस अध्यक्ष राहुल गान्धीले बीचमा केहीबेर अग्रता लिएपनि फेरि पछि परेका छन् ।
भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले राहुललाई कडा टक्कर दिएकी छन् । सन् २०१४ को चुनावमा राहुल गान्धीले स्मृति इरानीलाई नै पराजित गरेका थिए ।

राहुल गान्धी यसपटक अमेठीसहित केरलाको वायनाडबाट पनि चुनावी मैदानमा छन् । वायनाडमा भने राहुलले सुरुवात देखि नै अग्रता लिएका छन् ।

Avatar

Next Story