पत्रकार महासंघले आज दलहरुको ध्यानाकर्षण गराउने, प्रेस युनियन पनि सक्रिय

  • ८ जेष्ठ २०७६, बुधबार ०९:३५
  • 1339 Views


radionrn

पुर्वनिर्धारित कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघले आज संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने भएको छ ।

केही दिन अगाडीदेखि सुरु भएको महिनाव्यापी दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले भोलीदेखि जेठ १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गरी सञ्चार अभियान सञ्चालन गर्ने जनाएको छ ।

मिडिया काउन्सील विधेयक लगायतका विधेयकहरुले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता निमोठ्न लागिएको भन्दै महासंघले यसअघि पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । घोषित दोस्रो चरणको कार्यक्रम अनुसार महासंघले हिजो र अस्ती आफ्ना पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गरेको छ । उनीहरुले आन्दोलनलाई अझ शसक्त बनाउदै लैजानु पर्नेमा जोड दिएको महासंघमा सचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

महासंघले महिनाभरीका लागि आन्दोलनका कार्यक्रमहरु तय गरेको छ ।

यसैबीच,  नेपाल प्रेस युनियन केन्द्रीय समितिले महाधिवेशन गर्नका बाँकी शाखाहरुलाई तत्काल महाधिवेशन गर्न निर्देशन दिएको छ ।

युनियनका कार्यवाहक अध्यक्ष दिपक आचार्यको अध्यक्षतामा काठमाडौंमा उपलव्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको वैठकले अधिवेशन नगरेका शाखाहरुलाई अधिवेशन गर्न निर्देशन दिने निर्णय गरेको हो ।

वैठकल युनियनको महाधिवेशनको मिति तोक्न ढीलाई भएको सन्दर्भमा लामो समयदेखि केन्द्रीय समितिको वैठक समेत बस्न नसकेको विषयमा आत्मसमिक्षा गर्दै महाधिवेशन यथाशिघ्र गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

युनियनको स्थापना दिवसको पुर्वसन्ध्यामा बसेको बैठकले स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रमहरु आयोजना गर्न पनि सवै शाखाहरुलाई आग्रह गरेको महासचिव अजयबाबुु शिवाकोटीले जानकारी दिनुभयो ।

लोकतन्त्रप्रति आस्था राख्ने श्रमजिवी पत्रकारहरुको साझा संस्था मानिने नेपाल प्रेस युनियन स्थापना भएको २०७६ जेठ १३ गते २८ बर्ष पुग्दैछ ।

Avatar

Next Story