उचाइ मापन गर्न गएको टोली सगरमाथा चुचुरोमा

  • ८ जेष्ठ २०७६, बुधबार ०९:५०
  • 1430 Views


radionrn

सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली आज बिहान ३.०० बजे सगरमाथाको चुचुरोमा पुगेको छ । टोली आजै फर्किने भएको हो ।

हिजो दिउँसो पौने २ बजे उक्त टोली साउथ कोलबाट चुचुरोतर्फ लागेको थियो । नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डंगोलले टोलीले चुचुरोमा पुग्यौं भन्नेसम्मको खबर गरेको र त्यसपछि थप सूचना भने आइनसकेको जानकारी दिनुभयो ।

मङ्गलवार विहान पुग्ने अनुमान गरिएकोमा मौसम अनुकूल नभएपछि सोमवारदेखि सगरमाथाको साउथ कोलमा पुगेर टोलीले विश्राम गरेको थियो ।

शुक्रवार राति आधार शिविरबाट नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजनाको टोली चुचुरोमा पुगेको हो । सगरमाथा मापनका लागि जि एन एस एस रिसिभर र जि. पि.आर. मेसिन चुचुरोमा लगिएको छ ।

नियन्त्रण विन्दुमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको छ ।
नेपाल सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गरिएको हो ।

Avatar

Next Story