पर्वत: फेसबुकवाट अस्लिल सामग्री पठाउने युवा प्रकाउ

  • ७ जेष्ठ २०७६, मंगलवार १७:१२
  • 1209 Views
Radin NRN

साजन परियार, पर्वत । सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई म्यासेज पठाएर दुव्र्यवहार गरेको आरोपमा यहाँका एक युवा प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा पर्वत मोदी गाउँपालिका– ६, तिलाहार घर भई डिमुवा बजारमा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नाम गोप्य राखिएकी ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत दुव्र्यवहार गरेपछि महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।

अभियुक्तलाई सोमबार घरबाटै पक्राउ गरेर मंगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

Avatar

Next Story