छायाँ सरकारको प्रधानमन्त्री किन भएन घोषणा ?

  • ७ जेष्ठ २०७६, मंगलवार ०९:३९
  • 1482 Views


radionrn

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिपक्षीको भूमीकालाई प्रभावकारी बनाउन भन्दै छाँया मन्त्रीहरुको घोषणा गरेपनि छाँया प्रधानमन्त्रीको विषयमा भने मौन देखिएको छ ।

संसदीय दलको कार्यालयद्धारा जारी वक्तव्यमा छाया मन्त्रीहरुको मात्रै नाम उल्लेख गरिएको छ भने छाँया प्रधानमन्त्रीको बारेमा केही उल्लेख गरिएको छैन ।

कतिपयले संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था विधानमा भएकाले संसदीय दलका नेता शेरबहादुर देउवा नै छाया प्रधानमन्त्री हुने भएकाले उल्लेख गर्नु आवश्यक नभएको तर्क गरेका छन् ।

कतिपयले भने प्रधानमन्त्रीका रुपमा सभापति देउवाको छवि नराम्रो भएकाले उहाँको नाम उल्लेख नगरेर चतुर्याइ गरेको बताएका छन् ।

सभापति देउवाप्रतिको आम दृष्टीकोण राम्रो नभएकाले संसदीय दलको निर्वाचनमा देउवासँग प्रतिश्पर्धा गरेका प्रकाशमान सिंह वा संसदीय दलका उपनेता विजय गच्छदारलाई बनाउन सुझाव पनि दिएका थिए ।

तर सभापति देउवाले सिंगो पार्टी नै सरकारको खवरदारीमा लाग्नु पर्ने भएकाले अरुलाई दिने पक्षमा नदेखिएपछि उहाँलाई नै तोकिएको जनाइएको छ ।

वक्तव्यमा छाया प्रधानमन्त्री नतोकिएपनि उहाँले नै त्यसको नेतृत्व गर्ने संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।
देउवाले ओली सरकारका २१ वटै मन्त्रालय निगरानी गर्ने गरी २१ नेतालाई सम्बन्धित मन्त्रालयको छाया मन्त्रीका रुपमा संयोजक र अरु ३७ जनालाई सदस्यको जिम्मेवारी दिनु भएको छ ।

Avatar

Next Story