हावाहुरीले खाँदबारीमा लाखौंको क्षती

  • ६ जेष्ठ २०७६, सोमबार १९:१४
  • 1183 Views
Radin NRN

ध्यान कुलुङ, सङ्खुवासभा । सोमबार दिउँसो आएको हावाहुरीले खाँदबारी नगरपालिकाको विभिन्न स्थानमा क्षती पुराएको छ । एक घण्टासम्म लगातार आएको बर्षा सहितको हावाहुरीले भौतिक संरचना र विद्युत प्रसारण लाईनमा लाखौको क्षति पुराएको हो ।
खाँदबारी नगरपालिकाको टुँडीखेल, घिमिरे गाउँ, वेलफेयर, जिल्ला कारागार छेउ लगायतका स्थानहरुमा घरको भत्किएको छ ।

बढीजसो घरहरुको छाना उडाएको छ भने कतिपय स्थानमा रुखले घर किच्याए क्षति पुराएको छ । खाँदबारी १ स्थीत कारागार छेउमा दलबहादुर राईको घरलाई रुख लडेर किच्याउदा करिब दश लाख बराबरको क्षति पुगेको छ । अन्य स्थानमा भएको क्षतिको बिवरण भने आईनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘डेढ दर्जन बढी घरमा क्षति पुगेको खबर छ, जम्मा क्षतिको बिवरण आई सकेको छैन’, जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम सारु मगरले भन्नुभयो । सम्पुर्ण बिवरण आईनसकेको भएपनि करिब २५ लाख रुपैयाँ बराबरको क्षति पुगेको डिएस्पी मगरको दावी छ ।

यता हावाहुरीको कारण विद्युत प्रसारणमा पनि क्षति पुगेको छ । खाँदबारी ३ मानेभञ्ज्याङमा हाईटेन्सनको ९ वटा पोल ढलेको छ भने अन्य क्षेत्रका तीन दर्जन शाखा लाईनका पोलहरु ढलेको विद्युत प्राधिकरण खाँदबारी वितरण शाखाले जनाएको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालयदेखि सुमन चोक विच तीन स्थानमा रुख ढलेर हाईटेन्सनको तार चुटिएको छ ।

त्यस क्षेत्रमा तारहरु भुईमा खसेको अवस्थामा छ । विद्युतमा पुगेको क्षतिको बिवरण आउनै बाँकी रहेको खाँदबारी वितरण शाखाका प्रमुख ध्रुब अधिकारीले जानकारी दिनुभयो । अहिले खाँदबारी र आसपासमा विद्युत सेवा अवरुद्ध छ ।

सोमबार दिउँसो खाँदबारीमा भारी बर्षा सहित हावा हुरी र असिना परेको थियो । असिनाले बाली बिरुवाहरुमा पनि क्षति पुराएको छ । खाँदबारी क्षेत्रमा ठुलो मात्रामा क्षति पुराएपनि अन्य क्षेत्रमा भने ठुलो क्षति नपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Avatar

Next Story