प्रहरीले सार्वजनिक यातायातमा हुने हिंसा रोक्न थप विशेष टोली परिचालन गर्ने

  • ६ जेष्ठ २०७६, सोमबार १५:३१
  • 1352 Views


Radin NRN

सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ ।
गत वर्ष सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा महिलामाथि हिंसा गर्ने २४३ जनालाई विशेष टोलीले पक्राउ गरेको थियो ।

काव्य विद्यालय–प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा संयुक्त रूपमा आज काठमाडौँमा आयोजित कार्यक्रममा रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो स्थानमा अगामी दिन थप प्रहरी परिचालन गरिने जानकारी दिनुभयो ।

Avatar

Next Story