अवैध रुपमा लिबिया र्पुयाइएका १५ नेपालीको उद्धार, नेपाल फिर्तीको तयारी हुँदै

  • ६ जेष्ठ २०७६, सोमबार १५:३०
  • 1313 Views
Radin NRN

अवैध रुपमा युद्धग्रस्त लिबियामा र्पुयाइएका १५ नेपालीको उद्दार गरिएको छ । उद्दार गरिएका सबै १५ नेपालीलाई हाल इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन आइ ओ एमको क्याम्पमा राखिएको छ । उनीहरुको खाना तथा आवासको व्यवस्था आइ ओ एमले ने गरिएको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरुको नेपाल फिर्तीका लागि आइओएमले नै हवाई टिकटको प्रबन्ध गरिदिने भएको छ । कम्पनीले डरधम्की देखाइ काममा लगाएको र नेपाल फर्किने भन्दा राहदानीसमेत उपलब्ध नगराइएपछि उनीहरुले कायरोस्थित नेपाली दूतावासमा खबर गरेका थिए ।

सोपश्चात् उनीहरुलाई नेपाल फिर्तीका लागि ट्राभल डकुमेन्ट तयार गरी पठाइएको दूतावासले जनाएको छ । उद्दार गरिएका नेपालीहरुको हाल स्वास्थ्य परीक्षण तथा त्रिपोलीबाट फिर्ती कागज बनाउने कार्य भइरहेको छ ।

Avatar

Next Story