हास्यकलाकार मनोज गजुरेल पूर्वका विभिन्न कारागारमा !

  • ६ जेष्ठ २०७६, सोमबार १५:०२
  • 1313 Views


radionrn

काठमाडौं – हास्यकलाकार मनोज गजुरेल पूर्वका विभिन्न कारागार पुग्नु भएको छ । एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको कारागार हास्यव्यङ्ग्य शिविरमाका निम्ती उहाँ पुग्नु भएको हो ।

शनिबारदेखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानहरुमा रहेका कारागारहरुमा आयोजना गरिँदै छ ।

त्यस कार्यक्रमअन्तर्गत जेलजीवन बिताइरहेका कैदीहरुको मानवअधिकारका विषयमा तालिम दिइनेछ । त्यससँगै उनीहरुको खानपान, जीवनशैली, मनोरञ्जनलगायतलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रशिक्षण दिइन लागेको गजुरेलले बताउनु भयो ।

कार्यक्रममा जेल जीवन बिताएर फर्किएपछि आफ्नो समाजप्रति उनीहरुको दायित्व र जिम्मेवारीका विषयमा समेत प्रशिक्षण दिइने बताइएको छ । महिला कैदी र पुरुष कैदीलाई छुट्टाछुट्टै स्थानमा तालिमको व्यवस्ता मिलाइएको बताइएको छ ।

Avatar

Next Story