इटालियन ओपन टेनिसको उपाधि नाडाललाई

  • ६ जेष्ठ २०७६, सोमबार ०८:०८
  • 1105 Views
Radin NRN

काठमाडौं । स्पेनिस खेलाडी रफाईल नाडालले यस वर्षको इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

गएराति भएको फाइनलमा विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

रोममा भएको खेलमा नाडाल ६–०, ४–६ र ६–१ को सेटमा विजयी भए । नाडालको यो उपाधि क्ले कार्टमा वर्षको पहिलो उपाधि हो । रोममा नवांै पटक च्याम्पियन बनेका उनले समग्रमा ३४ औं मास्टर्स उपाधि जितेका हुन् ।

उपाधिसँगै नाडालले आसन्न फ्रेन्च ओपन टेनिसको लागि बलियो दावेदारी दिएका छन् ।

Avatar

Next Story