इजिप्टमा पर्यटक सवार बसमा विस्फोट, १६ जना घाइते

  • ६ जेष्ठ २०७६, सोमबार ०८:०७
  • 1053 Views
Radin NRN

कायरो । इजिप्टमा पर्यटक चढेको बसलाई लक्षित गरी गराइएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

ग्रान्ड इजिप्टसियन संग्रहालय नजिकबाट अघि बढेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो । बिस्फोटका कारण बसमा क्षति भएको छ ।

बसमा दक्षिण अफ्रिकाका २५ र इजिप्टका ३ गरी २८ जना रहेको बताइएको छ । विस्फोटले घटनास्थल नजिक रहेको कारमा पनि क्षति पुगेको छ ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

गत डिसेम्बरमा इस्लामिक अतिवादी संगठनले पर्यटकलाई लक्षित गरी गराएको विस्फोटमा तीन जना भियतनामका पर्यटक र एक टुरिष्ट गाइड मारिएका थिए ।

Avatar

Next Story