मिडिया काउन्सिल विधेयक सच्याउन माग गर्दै पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा , सरकारद्वारा पछि हट्ने संकेत

  • ५ जेष्ठ २०७६, आईतवार १७:४८
  • 1378 Views
Radin NRN

चौतर्फी विरोध हुन थालेपछि सरकारले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्ने संकेत दिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रेस स्वतन्त्रता कुन्ठित नहुने गरी विधेयक परिमार्जन गर्ने सहमती जनाउनुभयो ।

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा पार्टी निकट पत्रकारहरुसँग छलफल गर्ने क्रममा सबैले मिडिया विधेयकको विरोध गरेपछि सञ्चारमन्त्री गोकुल बास्कोटा यस्तो सहमती जनाउनुभएको हो । पार्टी्भित्रैबाट मिडिया विधेयकको विरोध भएपछि निकट पत्रकारहरुलाई आज बिहान छलफलका लागि बोलाइएको थियो ।

कार्यक्रममा पत्रकारहरुसँगै नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले पनि सबैसँग छलफल नै नगरी प्रेसलाई अत्याउने विधेयक ल्याएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो । सबैको आपत्तिपछि सञ्चार स्वतन्त्रता कुण्ठित नहुने गरी विधेयक परिमार्जन गर्न सञ्चारमन्त्री गोकुल बास्कोटा तयार हुनुभएको हो ।

Avatar

Next Story