मेडिकल शिक्षा फेरि अस्तव्यस्त बनाउने क्रम सुरु

  • ५ जेष्ठ २०७६, आईतवार १७:४६
  • 1131 Views
Radin NRN

पटक पटक स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्दै आएका हार्डजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीले विचौलिया र बदनामी कमाएका व्यक्तिको अदालत प्रवेशपछि मेडिकल शिक्षा अस्तव्यस्त बनाउने क्रम फेरि सुरु भएको आरोप लगाउनुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गर्दै, केही दिन अघि ‘प्रवेश परीक्षा विना नै भर्ना हुन पाउँ’ भनेर निजी मेडिकल कलेजका विद्यार्थीले दिएको निवेदनमा अदालतले अन्तरिम आदेश जारी गरेपछि मेडिकल शिक्षालाई अस्तव्यस्त बनाउने क्रम फेरि सुरु भएको बताउनुभएको हो ।
गत पुस महिनामा नै सर्वोच्च अदालतले त्यस्तो अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।

यस्ता निर्णयले वर्षौको संघर्षपछि योग्य विद्यार्थीलाई मात्रै मेडिकल शिक्षाका लागि भर्ना गर्ने थिति भताभुंग पार्ने मात्रै हैन, शैक्षिक र आर्थिक अपराध गर्ने मेडिकल माफियाहरुलाई जतिसुकै नियम–कानुन मिचे पनि सर्वोच्च न्यायालयका खास मानिसहरुसम्म पुग्न सके उन्मुक्ति पाइन्छ भन्ने आत्मविश्वास समेत दिने विज्ञप्तीमा उल्लेख छ।

Avatar

Next Story