ट्राफिक प्रहरीले मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्यको नियम लागु गर्दै

  • ५ जेष्ठ २०७६, आईतवार १७:४४
  • 1209 Views


Radin NRN

काठमाडौँ,  उपत्यकामा मोटरसाइकलमा पछाडि बस्ने यात्रीहरुका लागि पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने व्यवस्था ट्राफिक प्रहरीले फेरि गर्ने तयारी गरेको छ ।  पछाडि बस्ने यात्रीहरुले हेल्मेट नलगाएका कारण दुर्घटना बढेको तथ्यांकपछि ट्राफिक प्रहरी कार्यालयले पछाडि बस्नेका लागि पनि हेल्मेटको व्यवस्था गर्न लागेको हो ।

यसका लागि सरकारलाई सिफारिस गरिसकेको आज आयोजित पत्रकार सम्मेलनमा महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिनुभयो । चालक र पछाडि बस्ने दुवैका लागि लागि हेल्मेट पनि उच्च गुणस्तरीय प्रयोग गर्न ट्राफिक प्रहरीले जोड दिएको छ । त्यस्तै, ट्राफिक प्रहरीले डिजिटल लाइलेन्स सही हो वा होइन भनेर जाँच्ने १० वटा मेसिन पनि ल्याएको छ ।

अब ट्राफिक प्रहरीले डिजिटल लाइसेन्समा शंका लागे ती मेसिनमार्फत जाँच्न सक्नेछ । गत १० महिनामा ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकामा मात्र ३ लाख ८४ हजार २ सय ६ चालकलाई कारबाही गरेको छ । त्यस्तै, गत १० महिनामा काठमाडौँ उपत्यकामा २६ हजार ४ सय ९ पुरुष मापसेमा परेका छन् ।

यही अवधिमा १ सय ९ महिला मापसेमा परेको पनि ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै गत १० महिनामा ३२ हजार २७ पुरुष लेन मिचेको कारबाहीमा परेका छन् भने १ हजार ३ सय ५० महिलाले लेन मिचेको कारबाही व्यहोरेका छन्। यस्तै अत्याधिक मापसेका कारण २८ चालक निलम्बनमा परेका छन् ।

Avatar

Next Story