राष्ट्रिय सभामा आज प्रधानमन्त्रीको तर्फबाट विधेयक पेश हुने, आजै दुई समितिको बैठक पनि बस्ने

  • ५ जेष्ठ २०७६, आईतवार ०९:३४
  • 1274 Views


radionrn

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउसो एक बजेपछि बैठक बस्ने तय भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट तीन तहको सरकारको अन्तरसम्वन्ध व्यवस्थापन सम्वन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजै विभिन्न संसदीय समितिहरुको बैठक पनि बोलाइएको छ । ्

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति र विकास तथा प्रविधि समितिको बैठक बोेलाइएको छ । दुवै समितिको बैठक विहान ११ बजेपछि सिंहदरबारमा छुट्टा छुट्टै बस्नेगरी तय भएको सचिवालयले जनाएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समितिको बार्षिक प्रतिवेदन र विकास तथा प्रविधि समितिको बैठकमा सहरी विकास मन्त्रालयको बजेटका बारेमा छलफल हुने भएको छ ।

Avatar

Next Story