सावित्रा भण्डारी समावेश भएकाे टिम सेथु फुटबल क्लब सेमिफाइनलमा प्रवेश

  • ४ जेष्ठ २०७६, शनिबार १५:४७
  • 1222 Views
radionrn

काठमाडौं – भारतीय घरेलु महिला लिगमा नेपाली खेलाडी सावित्रा भण्डारी समावेश भएकाे टिम सेथु फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बीमा अपराजित रहेको सेथु १५ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । शनिबार भएको खेलमा सेथुले बरोडा फुटबल क्लबमाथि ७–० को फराकिलो जित निकाल्यो । लगातार पाँचौ खेलमा सहभागी भएकी सावित्रा शनिबार भने गोल गर्न असफल भइन् ।

यसअघिका चार खेलमा उनले गोल गर्दै आएकी थिइन् । सावित्राको टिमलाई जिताउन सन्ध्याले ह्याट्रिकसहित चार गोल गर्दा सन्ध्याले २ तथा इन्दुमति र रतनवालाले एक एक गोल गरेका थिए ।

Avatar

Next Story