आप्रवासीलाई अमेरिका प्रवेश नीति फेरबदल गर्ने

  • ४ जेष्ठ २०७६, शनिबार १३:०४
  • 1014 Views
radionrn

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमा सुरक्षामा कडाइ गरी आप्रवासी अमेरिका प्रवेश गर्ने नीतिमा फेरबदल गर्ने योजना सार्वजनिक गरेका छन् । राष्ट्रपति ट्रम्पले कम उमेरका साथै धेरै पढेका र अमेरिकामा रोजगारीको अवसर पाइसकेका, अङ्ग्रेजी बोल्ने कामदारलाई अमेरिका छिर्न प्रोत्साहन गरिने बताएका छन् ।

भविष्यमा अमेरिका जाउने आप्रवासीहरूमध्ये आधाभन्दा बढी शिक्षित कामदार हुने ट्रम्पको भनाइ छ । उनले अमेरिकाले गर्न सक्ने ठूलो परिवर्तन भनेको उच्च दक्षता भएका आप्रवासीहरूको प्रतिशतलाई १२ बाट बढाएर ५७ प्रतिशत पुर्याउने बताएका छन् ।

ट्रम्पले सो नीतिबाट सबै प्रणालीहरूको आधुनिकिकरण हुने बताएपनि डेमोक्र्याट्कि पार्टीका नेताहरूले आप्रवासनबारेको प्रमुख समस्याहरूको सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । सानैमा अमेरिका ल्याइएका र अझै राज्यविहीन रहेका आप्रवासीहरूले अमेरिकी नागरिकता हासिल गर्नेबारे राष्ट्रपतिको योजना स्पष्ट नभएको उनीहरूको भनाइ छ । ट्रम्पका नयाँ प्रस्ताव अमेरिकी कंग्रेसबाट अनुमोदन हुन बाँकी नै छ ।

Avatar

Next Story