क्विक्स नेपाल बास्केटबल लिगमा बुढानिलकण्ठद्वारा किर्तिपुर पराजित

  • ३ जेष्ठ २०७६, शुक्रबार १८:४२
  • 1326 Views
Radin NRN

बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा जित दर्ता गरेको छ । आज भएको खेलमा बुढानिलकण्ठले किर्तिपुर बास्केटबल क्लबलाई ९०–७४ स्कोरले पराजित गरेको हो । योसंगै बुढानिलकण्ठले लिगमा तेस्रो जित निकालेको छ ।

बुढानिलकण्ठको जितमा शौरभ श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच बनेका शौरभले ५० स्कोर जोडे ।
जितसंगै बुढानिलकण्ठले ८ खेलबाट ११ अंक जोडेको छ । किर्तिपुरको यो छैटौं हार हो । किर्तिपुरको ८ अंक रहेको छ ।

Avatar

Next Story