प्रधानमन्त्री ओली भोली लुम्बिनी जादै, यस्तो छ कार्यक्रम

  • २ जेष्ठ २०७६, बिहीबार १८:३१
  • 715 Views
Radin NRN

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोली लुम्बिनी जानुहुने भएको छ । पर्सी बुद्धपूर्णिमाको अवसरमा तय गरिएको लुम्बिनी दिवसको विशेष कार्यक्रमको एक दिन अघि नै प्रधानमन्त्री त्यहाँ जान लाग्नुभएको हो ।

भोली प्रधानमन्त्रीले कपिलवस्तुको तिलौराकोट अवलोकन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओली भोली साँझ मायादेवी मन्दीरमा दिप प्रजज्लन गर्ने कार्यक्रम पनि रहेको छ । यस्तै वैशाख ४ गते अर्थातबुद्ध पूर्णिमा दिन पर्सी बिहान प्रधानमन्त्रीले ध्यान गर्ने र विक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।

यस्तै शान्ति र्यालीमा पनि सहभागी हुनेछन् । त्यस दिन २ हजार ६ सय बिरुवा लूम्बिनीमा रोप्ने कार्यक्रम समेत रहेको छ । बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइँदै छ । जसको औपचारिक कार्यक्रम बिहान ११ बजेदेखि नै शुरु हुने छ ।

पाँच नम्बर प्रदेश सरकारले जेठ ४ गते परेको बुद्ध पूर्णिमालाई भव्य बनाउनको लागि बजेट ४ करोड १९ लाख छुट्याएको छ ।

Avatar

Next Story