राज्य व्यवस्था समितिमा समाचार संकलनमा रोक, संसदीय मामिला पत्रकार समाजद्धारा खेद

  • २ जेष्ठ २०७६, बिहीबार १८:२१
  • 676 Views
Radin NRN

काठमाडौ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाइएको प्रति संसदीय मामिला पत्रकार समाजले खेद जनाएको छ । महासचिव अशोक दाहालले एक विज्ञप्ति जारी गर्दै समितिको बारम्बार दोहोरिएको उक्त कदमप्रति खेद प्रकट गर्दै संसद् सचिवालयको ध्यानाकर्षण गराएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गोप्य बैठक भन्दै पत्रकारहरुलाई समिति सभापतिले समाचार संकलनमा रोक लगाउनु भएको हो ।

समितिकी सभापति शशी श्रेष्ठले बैठकमा समाचार संकलनका लागि बैठक कक्षमा प्रवेश गरेका पत्रकारहरूलाई ’गोप्य बैठक’ भन्दै बाहिर निकाल्न लगाएको जनाइएको छ । संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफाबार छलफलका क्रममा पत्रकारलाई समाचार संकलनमा रोक लागेको हो ।

Avatar

Next Story