सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न कर्मचारीहरुलाई मन्त्री विष्टको निर्देशन

  • २ जेष्ठ २०७६, बिहीबार १७:५२
  • 247 Views
Radin NRN

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई कडा निर्देशन दिनुभएको छ । मन्त्री विष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

सार्वजनिक संस्था कर्मचारी संगठनको ३० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराउनुभयो । मन्त्री विष्टले कर्मचारीहरुको तलबसहितको सेवा, सुविधा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

Avatar

Next Story