अर्घाखाँचीमा ३८ औं टंक स्मृति दिवस

  • २ जेष्ठ २०७६, बिहीबार १६:५३
  • 494 Views
radionrn

सन्धिखर्क – अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको आयोजनामा बिहीबार टंक स्मृति दिवस मनाइएको छ।२०३९ साल जेठ २ गते तत्कालीन प्रहरी प्रशासनले टंक भुसालको हत्या गरेको थियो। सोहि दिनको सम्झनामा प्रत्येक वर्ष जेठ २ गते शान्ति बगैचामा रहेको शालिकमा स्मृति दिवस मनाउने गरिएको छ।

सहिद टंकको शालिकमा माला चढाउँदै नेकपाका नेता तथा सांसद रामजी प्रसाद घिमिरेले नेपालमा पञ्चायती व्यवस्था अन्त्य गर्ने सिलसिलामा भुसालको हत्या भएको भन्दै सहिदको सपना साकार पार्न सबै एकजुट हुनुपर्ने बताए।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमरा विक, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, सागर केसीलगायतले मन्तव्य राखेका थिए।

भुसालको ३८ औं स्मृति दिवसको पूर्वसन्ध्यामा बुधबार बेलुका अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको आयोजनामा शान्ति बगैचास्थित भुसालको शालिकमा दीप प्रज्वलन गरिएको थियो।

Avatar

Next Story