सर्लाही: २१० किलो गाजा सहित २ जना पक्राउ

  • २ जेष्ठ २०७६, बिहीबार १५:०१
  • 858 Views


Radin NRN

एस.पी.गौरब, सर्लाही । प्रहरीले सर्लाहीको लालबन्दीबाट ठुलो परिमाणमा लागु औषधगाजा सहित २ जनालाई पक्राउ गरेको छ ।  लालबन्दी नगरपालीनगरपालिका –६ र –९ बाट लागु औषधगाजा र भातरीय नम्बर पलेटको सुमो सहित २ जनालाइ्र्र पक्राउ गरेको सर्लाही प्र्रहरीले जनाएको छ ।

लालबन्दी नगरपालिका–६ को संगमलामाको घरमालुकाई छिपाई राखेको सुचनाको आधारमापुगेको प्रहरी टोलीले ६० किलो र लालबन्दी –९ मा बेवारीसे अवस्थामा रहेको भारतीयनम्बर प्लेटको सुमोबाट १ सय ५० किलो गरी कुल २ सय १० किलो गाजा बरामत गरेको जिल्लाप्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो ।

प्रहरीले लालबन्दीनगरपालिका–७का ३७ वर्षीय सरोज जंग घिमिरे पर्साको विरगन्जमहानगरपालिका –१८ का १८ वर्षिय सिधु सिंहलाइपक्राउ गरेको जनाएको छ ।

प्रहरी गएको थाहा पाएपछि लामा घरबाट भागेका र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सिन्धुलीको क्यानखोला र मरिण क्षेत्रमा उत्पादन भएको गाजा सर्लाहीको लालबन्दी, नवलपुर, हरिवन तथा बागामती हुदैँ भारतीय बजारमा पुग्ने गरेकोे अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । फरार लामा सहितपक्राउ परेका घिमिरे र सिंह व्यावसायीक गाजा तस्करी रहेकाप्रहरीले जनाएको छ ।

Avatar

Next Story