सांसदहरुले बजेट मागेकोमा सर्वत्र आलोचना

  • २ जेष्ठ २०७६, बिहीबार ०९:४८
  • 1066 Views


radionrn

प्रत्येक निर्वाचन क्षेत्रका लागि १० करोड रुपैयाँ दिनु पर्ने कतिपय सांसदहरूको मागको चर्को आलोचना भएको छ । विगतमा पनि चौतर्फी विरोधका बाबजुद अन्तिममा सांसदहरूले बजेट फुत्काउने गरेकोमा अहिले भने दिन नहुने आवाज अझ बढी देखिएको छ।

अघिल्ला बर्षहरुमा स्थानीय निकाय जनप्रतिनिधि विहिन भएकाले सांसदहरुले संसद विकास कोष मार्फत आफ्नो क्षेत्रका विकास निर्माण गर्ने गरेका थिए । तर अहिले स्थानीय निकायमा जनप्रतिनिधिहरु आएकाले विकास निर्माणका काम उनीहरुले नै गर्ने र सांसदहरुले नीति निर्माणका कामहरु मात्रै गर्नु पर्ने तर्क बलियो हुदै आएको छ ।

सत्तापक्षीय सांसदहरुले भने आफुहरुले विकास निर्माणको आश्वासन दिएर आएको र जनताले पनि आफुहरुसँग बजेटको अपेक्षा गर्ने भएकाले बजेट छुट्याउनु पर्ने तर्क गर्ने गरेका छन् ।

सांसदका नाममा दिइएको बजेट उपलब्धीमुलक काममा खर्च नभई कार्यकर्तालाई बाड्ने वा अनेक बाहनामा आफैले लिनेसम्मको विक्रिती देखिएकाले हटाउनु पर्ने काँग्रेस लगायतका संसदहरुको दावी छ ।

अधिकांश अर्थशास्त्रीहरुले पनि सांसदलाई छुट्टै बजेट दिनु ठिक नभएको भन्दै यस्तो व्यवस्था खारेज गर्नु पर्नेमा जो दिएका छन् ।

Avatar

Next Story